ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैबाहिक सबन्धको कीर्तिमान

ब्राजिलिया । प्रेम छ भने कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्छ, चाहे जस्तोसुकै परिस्थिति आए पनि। ब्राजिलका एक जोडीले यसलाई वास्तविकतामा पुष्टी गरिदिएका छन् ।
म्यानोएल, १०५ र मारिया, १०१ नामक जोडीले सबैभन्दा लामो वैवाहिक जीवनको विश्व कीर्तिमान बनाएका छन् । दुबै ८४ वर्षदेखि बैबाहिक सम्बन्धमा छन् र १०० भन्दा बढी नातिनातिनाहरू उनीहरूसँग छन्।
दुवैको विवाह भएको यति वर्ष भइसकेको छ, जुन सामान्य धेरै मान्छेको उमेरभन्दा बढी छ । म्यानोएल र मारियाले सन् १९४० मा ब्राजिलको सेरा राज्यको बोआ भेन्टुरा चैपलमा विवाह गरेका थिए।
यो त्यो समय थियो, जब संसार नै अहिलेको भन्दा धेरै नै फरक थियो। त्यसबेलासम्म ब्राजिल फिफा विश्व च्याम्पियन बनि सकेको थिएन । संसारको पहिलो प्रोग्रामेबल इलेक्ट्रोनिक कम्प्युटर आविष्कारसमेत भएको थिएन। त्यहीबेला दुवैले प्रेम विवाह गरेका थिए ।
उनीहरुको प्रेम कहानी सन् १९३६ मा सुरु भएको थियो । जब मानोएल बोआ रापादुरासको ढुवानी लिएर भिक्सको अलमेडा क्षेत्रमा आइपुगे। रापादुरास एक परम्परागत ब्राजिलियन मिठाईको नाम हो। जब उनी डेलिभरीको लागि आइपुगे, उनले मारियालाई पहिलोपटक भेटेका थिए। तर, पहिलो भेटमा उनीहरुको सम्बन्ध सुमधुर हुन भने सकेन् ।
सन् १९४० मा उनीहरुबीच फेरि सम्बन्ध स्थापित भयो । मारिया नै अबको आफ्नो जीवनसाथी हो भनेर मानोएल विश्वस्त थिए र उनले आफ्नो प्रेम मारियासामु व्यक्त गरे। त्यसपछि मारिया उनको अनुरोधमा सहमत भइन र तिनीहरूको सम्बन्ध सुरु भयो। सुरुमा मारियाकी आमालाई उनीहरूको सम्बन्धमा शंका थियो र उनले अस्विकार पनि गरेकी थिइन् ।
तर, मानोएलले आफ्नो समर्पणको साथ मारिया र उनकी आमाको पनि मन जित्न सफल भए । र, उनीहरूले आफ्नै घर बनाउन थाले, परिवारको स्वीकृति पाए पछि मात्रै दुवैले विवाह गरे । उनले आफ्नो परिवारको पालनपोषण गर्न दशकौंदेखि सुर्ती खेती गरेका थिए। तिनीहरूले १३ छोराछोरी हुर्काए, जसले पछि छोराकातर्फवाट ५५ नाति नातिना, छोरीकातर्फवाट ५४ नातिनातिनासहित १३ पनाति पनातिनाहरूको ठूलो परिवार बनाउन सफल भए ।
यो जोडीको उमेर अहिले १०० वर्षभन्दा बढी भइसकेको छ । बुढेसकालमा मानोएल र मारिया शान्तिपूर्वक आफ्नो जीवन बिताइरहेका छन्। उमेरको कारण, मनोएल दिनको समयमा आराम गर्दछ तर हरेक साँझ उनी मारियासँग बैठक कोठामा बस्छन् र टिभीमा धार्मिक प्रार्थना हेर्छन्।
जब उनलाई लामो र सुखी दाम्पत्य जीवनको रहस्य सोधियो, उनले जवाफ दिए ‘प्रेम’ । गिनिज वल्र्ड रेकर्ड्सले यसलाई सबैभन्दा लामो समयसम्म रहेको जीवित विवाहको रूपमा पुष्टि गरेको छ।















Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया