शनिबार, फागुन २, २०८२

राजाले दल र सरकारको बिरोध गरेका छैनन्, बाबुरामजीमा हतास देखियोः कमल थापा

मेरोन्यूज २०८१ फागुन ८ गते २१:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइमा हतास मानसिकता देखिएको टिप्पणी गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

प्रजातन्त्र दिवसको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले दिएको बक्तब्यलाइ लिएर भट्टराइले गरेको टिप्पणी माथी थप टिप्पणी गर्दै दल र सरकारलाइ कुनै आलोचना नगरेका राजा शाह प्रति खनिनु भनेको दुर्भाग्य भएको बताएका हुन ।
  

‘मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हतास मानसिकता फेरी एकपटक उदाङ्गो भएको छ। राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढंगबाट चित्रण गर्नु भएको छ। राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ। राजाले प्रजातन्त्र, दल वा सरकारको बिरोध पनि गर्नुभएको छैन्,’ थापाले भट्टराइ माथी प्रश्न गरेका छन, ‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको बिचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त बिचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?’

जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको जनाउँदै थापाले थप प्रश्न गरे, ‘त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुराम जीलाई कसले दियो ?’ वर्तमान अवस्था र व्यवस्थाप्रति असंतोष प्रकट गरेको कारण राजाको बिचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश र फासिष्ट छ, राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन।’

विगत अठार वर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेको र त्यसका लागि संघर्ष गरिरहेको पनि थापाले जनाएका छन ।‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनु होस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस्,’ उनले अगाडी भने, ‘बिचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ। १८ वर्ष अघि बिदेशीको दवाव र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन्। जनतालाई ढाँटेको र धोका दिएको छर्लङ्ग भैसकेको छ।’

अध्यक्ष थापाले युद्दकालमा राजासँग मिलेर जाने प्रस्ताव ल्याएको पनि स्मरण गराएका छन् । ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होईन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आईरहेको छ,’ उनले भनेका छन, ‘देश र जनताप्रति ईमान्दार हुनुहुन्छ भने अहिले पनि सुधार गर्ने अवसर छ। परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र बिचारका बिचमा सामञ्जस्यता खोजौँ। सबै राजनीतिक शक्ति र बिचार अटाउने मौलिक प्रजातन्त्रको बिकास गरौँ। यसवारे ठण्डा दिमागले सोच्न बाबुरामजीलाई आग्रह छ ।

प्रतिक्रिया