महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत। यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ।
पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म रु ८५ लाख बाराबरको तरकारी बिक्री भएको बताए।
उनकाअनुसार गत कात्तिकमा रु ३६ लाख १९ हजार, मङ्सिरमा रु १३ लाख ७८ हजार ८३५, पुसमा रु २९ लाख ९७ हजार ८८० र माघमा रु १८ लाख १२ हजार १८५ बाराबरको तरकारी बिक्री भएको हो।
महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी उत्पादन हुने गरेको छ। यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन्। गाउँपालिकासँगको सहकार्यमा यहाँ हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले ग्रामीण महिला उद्यमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।
उक्त परियोजनाबाट यहाँका आठ सय ७५ परिवार लाभान्वित भएका छन्। हाल यहाँ एक हजार एक सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ। संस्थाले उत्पादित तरकारी तथा खाद्यान्न बाली घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौंलगायत क्षेत्रमा बिक्री वितरण गर्न सहजीकरण गरिरहको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताए।
पालिकाका छ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ। गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो रु पाँच उपलब्ध गराउँदै आएको छ। पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो रु २५ का दरले अनुदान उपलब्ध गराउँदै आएको छ।
स्थानीयलाई व्यावसायिक उत्पादनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पालिकाले अनुदान सहयोग गर्न थालेको अध्यक्ष भुसालले बताए। यसले कृषि पेसातर्फ आकर्षित हुनेको सङ्ख्या बढ्दै गएको उनले बताए।
















Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया