अमेरिका पठाइदिने भन्दै दुई जनाबाट एक करोड ४४ लाख ठगी, तीन पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र ड्का रहेका छन्।
ललितपुर महाललक्ष्मी नगरपालिका-४ बस्दै आएका मनिषराज, टोखा नगरपालिका-८ बस्दै आएका मधुकुमार र वीरेन्द्रलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
दुई जनालाई विभिन्न देशको बाटो हुँदै अमेरिका लैजाने बहानामा उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचारये बताए।
रकम लिएर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले उजुरी दिएपछि खड्कात्रयको खोजीमा प्रहरी लागेको थियो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया