क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
जस्टिन ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एकसमा प्रतिबन्धको जानकारी गराउदै लेखेका छन्- ‘रूसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रूसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ ।’
उनले भने, ‘मैले किभमा रहेका १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छु ।’ यसअघि प्रधानमन्त्री ट्रुडोले भनेका थिए- ‘स्थायी शान्तिको लडाई एक्लै जित्न सकिँदैन । त्यसैले हामी यहाँ (युक्रेन) छौं । मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरें र भनें कि क्यानडा सधैं युक्रेनको साथमा उभिनेछ ।’
ट्रुडोले भनेका थिए- ‘मैले युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको छु ।’
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया