धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ, ४३ लाख रकम सङ्कलन
मेरोन्यूज
२०८१ फागुन १७ गते ९:३१

दमौली । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञमा रु ४३ लाख ३७ हजार चार सय ९७ सङ्कलन भएको छ ।
साँखेस्थित एक सय २० वर्ष पुरानो शिवालयका माध्यमबाट साँखेक्षेत्रको धार्मिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको शिवालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ अर्यालले बताए ।
महायज्ञको समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यज्ञबाट सनातन धर्मको संरक्षणमा सहयोग पुग्ने बताएका छन् ।
यो मन्दिरमा हरेक वर्ष शिवरात्रिमा तनहुँ र स्याङ्जाका साथै देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । शिवालय र आसपासका क्षेत्रमा जन्तेढुङ्गा, सीता पाइलालगायत पुरातात्विक महत्वका संरचना छन् ।
सम्बन्धित














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया