आजपनि घट्याे सेयर बजार, काराेबार रकम झण्डै ११ अर्ब

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । सोमबारयता उकालो नलागेको नेप्से परिसूचक आज पनि २५ दशलमव १६ अंकले घटेर २,८२१ को विन्दुमा कायम भएको हाे ।
बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोडमाथिको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको हाे । यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सगरमाथा जलविद्युतको ३० करोड ७९ लाखको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया