दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्रि स्टेटमा बुधबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।
राज्य पुलिसले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान ४ः२० बजे प्रान्तको रेडर्सबर्ग र स्मिथफिल्डको बीचको एन६ सडकमा भयो, जब ३५ यात्रु बोकेको बस एक ट्रकसँग ठोक्किएको थियो ।
“दुई वर्षीया बालिका, छ जना महिला र तीन पुरुष गरी दश जनाको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा ट्रक र बस दुवैका चालक जोगिए,” प्रहरीले जनाएको छ । “पाँच गम्भीर घाइते यात्रुहरूलाई ब्लोमफन्टेनको अस्पतालमा लगियो, जबकि २२ घाइते यात्रुहरूलाई स्मिथफिल्डको अस्पतालमा उपचार गरियो ।”
ट्रक विपरीत दिशामा जाँदै गरेको प्रारम्भिक रिपोर्टहरूले सङ्केत गरेको प्रहरीले जनाएको छ ।
अधिकारीहरूले दुर्घटनाको कारणको लागि अनुसन्धान सुरु गरेको विज्ञप्तिमा भनिएको छ ।
घटनास्थलमा आपतकालीन टोली खटिएकाले प्रहरीले सवारी चालकलाई उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया