लुम्बिनीमा ४ हजार दीप प्रज्जवलन गरिँदै

रूपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा यहि शनिबार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ । ५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो ।
धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो ।
धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गतवर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको सुनाए ।
उनले दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित विभिन्न देशबाट आएका पाहुनाहरुको सहभागिता रहने बताए । दीप प्रज्वलनमा सरकारका अधिकारीहरुको समेत उपस्थिति रहनेछ । बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकरात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए । उनले बुद्ध शिक्षालाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।
धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि समेत विशेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सह–आयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तीधातुसहितको धम्मयात्रा गर्ने हुने भएको हो । धम्मयात्रामा लुम्बिनीमा भइरहेको ५ सय जना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन् । भैरहवाको रंगशालादेखि बुद्धचौको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ ।
यस्तै सोही दिन विहान देवदह, बुटवल, रामग्राममा पनि धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् । लुम्बिनीमा अहिले ५ सय जनाको प्रवज्या र चौथौ अन्तर्राष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ । मायादेवी मन्दिर परिसरमा २० गते ५ सय जनालाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया