शिक्षकको समस्या समाधान गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले लामो समयदेखि आन्दोलित शिक्षकको समस्या समाधान गर्न सरकारसमक्ष माग गरेका छन् ।
राष्ट्रियसभाको आजको वैठकको शून्य समयमा उनले सरकारले आन्दोलनरत शिक्षकको समस्या समाधानभन्दा पनि उनीहरुलाई विभिन्न आरोप लगाएर निरुत्साही गर्ने काम गरेको आरोप लगाए । संसदीय समितिमा छलफलमा रहेको शिक्षा विधेयकलाई जतिसक्दो छिटो पारित गरेर देशैभरिको शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
“देशमा १८ घण्टासम्म लोडसेडिङ थियो, त्यो शून्यमा झरेको छ, लोडसेडिङको अन्त्य भारतका कारणले भएको हो भनेर मन्त्रीले हिजो प्रतिनिधिसभमा अभिव्यक्ति दिनुभएको छ, कुरा त्यसो होइन, लोडसेडिङ अन्त्यको जस कुलमान घिसिङलाई दिनुपर्छ”, उनले भने ।
सांसद शारदा देवी भट्टले अमेरिकाले नेपालीहरुलाई अपमानित तरिकाले नेपाल पठाउनु मानव अधिकारविपरीत भएको बताए । उनले भने, “अमेरिकाले मानव अधिकारविरुद्ध डिपोर्ट गर्ने काम गरेको छ, नेपाल पठाउनु ठीक छ, तर पठाउने शैली ठीक छैन, यो बारेमा सरकारले कूटनीतिक तरिकाले अमेरिकी सरकारसँग कुरा गर्नुपर्छ ।”















सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया