भैरहवाको सिद्धार्थ रंगशालामा पिएम कप प्रतियोगिताको तयारी पुरा

भैरहवा। पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष पक्रिकेट प्रतियोगीता हुन गईरहेको छ ।
प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा हुनेछन् । सिद्धार्थ रंगशालामा आइतबार देखी सुरुहुने पिएम कप प्रतियोगीताको तयारी पुरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले जानकारी दिएका छन ।
मैदान सम्याउने, रंगरोधन, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र सकिने चरणमा पुगेको छ । उक्त पिएम कप क्रिकेट प्रतियोगीतामा ५० ओभरको खेल खेलाइने उनले भने ।
आइतबार लुम्बिनी प्रदेश र कोशी प्रदेशको विचमा प्रतिशपर्धा र एक्स्ट्राटेकमा भने एपिएफ र बागमती बागमती प्रदेश खेल्ने गुरुङले बताए । भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ ।
४६ वटा खेल मध्य भैरहवाको रंगशालामा १७ वटा, एक्स्ट्राटेक १५ वटा र लमही क्रिकेट खेलमैदानमा १४ वटा खेल हुने अध्यक्ष गुरुङले बताए । उद्घाटनका लागि भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर पाण्डे आउनेपनि उनले बताए ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया