ललित मोदीलाई झट्का, भानुआटुको पासपोर्ट रद्द गर्न आदेश

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) का पुर्व प्रशासक ललित मोदीलाई ठूलो झट्का लागेको छ । भानुआटुका प्रधानमन्त्रीले ललित मोदीको राहदानी रद्द गर्ने आदेश दिएका छन् ।
प्रधानमन्त्रीले रद्ध गर्न दिएको आदेश अदालतमा पुगेको छ भने अब यसको निर्णय भानुआटुको नागरिकता आयोगले गर्ने भएको छ । आयोगले मोदीको नागरिकताको विषयको अनुसन्धान गरेर निर्णय दिने बताइएको छ ।
ललित मोदीसँग भानुआटुको नागरिकता रहेको विषय बाहिर आएपछि अहिले यो विषय चर्चामा रहेको छ । ललित मोदीले हालै भारतीय नागरिकता त्याग्न आवेदन दिएका बेला भानुआटुका प्रधानमन्त्रीले ललित मोदीको राहदानी रद्द गर्ने आदेश दिएका हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार ललित मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो भारतीय राहदानी समर्पण गर्न आवेदन दिएको जानकारी गराएका थिए ।
भानुआटु दक्षिण प्रशान्त महासागरमा अवस्थित एउटा सानो टापु राष्ट्र हो। यस टापु राष्ट्रको कुल जनसंख्या केवल ३ लाख छ । भानुआटुले १९८० मा फ्रान्स र बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो । भानुआटुले विश्वभरका मानिसहरूलाई लगानीद्वारा नागरिकता कार्यक्रम प्रदान गर्दछ । मिडिया रिपोर्टहरूका अनुसार भानुआटुमा नागरिकता प्राप्त गर्न न्यूनतम लागत लगभग १.५५ लाख डलर छ । भानुआटुमा लगानीको बदलामा, त्यो देशको नागरिकता केवल ३०-६० दिनमा प्राप्त गर्न सकिन्छ ।
मिडिया रिपोर्टहरूका अनुसार, नागरिकताको बदलामा प्राप्त हुने राजस्व भानुआटुको कुल राजस्वको ३० प्रतिशत हो । विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूमा भारत ८०औं स्थानमा छ भने सानो देश भानुआटु यस सूचीमा ५१औं स्थानमा छ र साउदी अरेबिया र चीनभन्दा अगाडि छ । भानुआटुको राहदानीले विश्वभरका ११३ देशहरूमा भिसा-मुक्त प्रवेश अनुमति दिन्छ । यी कारणहरूले गर्दा ललित मोदीले भानुआटुको नागरिकता लिएको विश्वास गरिन्छ ।
ललित मोदी आईपीएलका पूर्व अध्यक्ष हुन् र उनलाई आईपीएलको सफलताको मुख्य रणनीतिकार मानिन्छ । यद्यपि, २००९ मा भएको ४२५ करोड भारुको आईपीएल टिभी अधिकार सम्झौतामा नियम उल्लङ्घन गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको छ । मे २०१० मा, ललित मोदी आफूमाथि धरपकड हुने सूचनापछि भारत छोडेर लन्डन भागेका थिए । यसपछि उनलाई बीसीसीआईले बर्खास्त गरेको थियो । ललित मोदीमाथि टोलीको लिलामीमा पनि ठगी गरेको आरोप छ। यसमाथि बीसीसीआईले ललित मोदीविरुद्ध पनि अनुसन्धान गर्यो र दोषी पाइएपछि उनलाई सन् २०१३ मा आजीवन प्रतिबन्ध लगाइएको थियो । सन् २०१५ मा, ललित मोदी विरुद्ध मनी लान्ड्रिङ मुद्दामा संलग्न भएको आरोपमा गैर-जमानती वारेन्ट जारी गरिएको थियो ।















इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया