ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुला
मेरोन्यूज
२०८१ फागुन २७ गते ११:११

काठमाडौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज मंगलबारदेखि सर्वसाधारणको लागि बिक्री खुला भएको छ ।
यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
यो सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया