छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौँ, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा योगिकुटीबाट चौराहातर्फ जाँदै गरेको ग.१७ प ८७७२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङजा घर भएका २७ वर्षीय मिलन गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही, बलरा नगरपालिका-८ बालुवाभारस्थित सडकमा बीआर ३० एई २४९० नम्बरको स्कारपियो गाडीको ठक्करबाट भारत सितामाढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायत घर भएका रामेश्वर साहको छोरा ५ वर्षीय पियुष कुमार साहको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा गंगा चोकबाट नेमुवातर्फ आउँदै गरेको को.१ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने उदयपुर घर भएका २४ वर्षीय आशिष राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ गौरीशंकर टोलस्थित सडकमा गौरीशंकर टोलबाट अटो भिलेज टोलतर्फ जाँदै गरेको रा.१ त ३२३९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका-२ घर भएका दुर्गा प्रसाद वलीकी छोरी ९ वर्षीया दिपसिखा वलीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, गोदावरी नगरपालिका-३ मालाखेती चोकस्थित सडकमा अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.१७ च ९६४५ नम्बरको स्कारपियो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-४ बस्ने ३५ वर्षीय सुदिप रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया