सोमबार दोहोरो अंकले घट्यो सेयर बजार
मेरोन्यूज
२०८१ चैत ३ गते १५:५०

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १० दशमलव १४ अंकले घटेर २७०४ दशमलव ७० को विन्दुमा पुगेको हाे ।
साेमबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ । आज दिनभरिमा ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया