घरेलु श्रमिक महिलामाथि जातिय भेदभाव कायमै
दलित घरेलु श्रमिक महिला थर लुकाउन बाध्य

काठमाडौं । घरेलु श्रमिक महिलामाथि जातिय भेदभाव कायमै रहेको सरोकारवाला श्रमिकहरुले बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “दलित घरेलु श्रमिक महिला सवाल” विषयक छलफल कार्यक्रममा सहभागी महिला श्रमिकहरुले भेदभावकै कारण राजधानीमा समेत आफुहरुले जात, थर ढाँटेरै काम गर्न वाध्य भएको कुरा बताए ।
घरेलु श्रमिक मञ्चद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा घरेलु श्रमिक नारायणी पुर्कोटीले जातिय भेदभावलाई कानुन नै बनाएर दुरुत्साहन गरे पनि अझै पनि दलितको सवालमा भेदभाव गाउँघरमा मात्र होइन, सहरका घर–घरमा रहेकोले आफ्नो जात, थर भनेर आत्मसम्मानपूर्वक काम गर्ने वातावरण नभएको बताइन् ।
उनले भनिन्,“ महिला÷पुरुषले गर्ने समान कामका लागि समान ज्याला, सामाजिक सुरक्षाकोषसँग जोड्ने, सरकारले तोकेको न्युनतम तलव पाउने कुरा त टाढाको कुरा हो, मानिस÷मानिसबीच जातिय भेदभाव कायम रहँदा जातका कारण अपमानित हुनुपर्ने पिरलो बोकेर श्रम गर्न वाध्य छौँ ।”
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजमा अझै पनि अभ्यासमा रहेको जातिय भेदभावको व्यवहार निक्कै निन्दनीय कार्य हो, भन्दै त्यस विरुद्ध उजुरी दिएर आफ्नो हकको लडाईं लड्नुपर्ने बताए ।
राष्ट्रिय मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले अन्य क्षेत्रका दलित समुदायका महिला भन्दा मधेसी दलित समुदाय अझै पिछडिएकै अवस्थामा रहेको भन्दै उनीहरुमाथि भइरहेको अन्याय विरुद्ध समेत आवाज बुलन्द बनाउन सहयोग, तालिम आवश्यक रहेको बताए ।
राष्ट्रिय महिला आयोगका सदस्य सावित्रा शर्माले महिला आयोगमा आउने उजुरीहरुमा पनि जातिय भेदभावसहित हिंसा पनि जोडिएर आउँछन्, त्यस्ता मुद्दामा यथोचित निर्णयसहित न्यायको पहुँचसम्म पु¥याउने प्रयास हुँदै आएको बताइन् ।
अखिल नेपाल महिला सब्घका महासचिव पेम्बा शेर्पाले महिला श्रमिकले समान कामको समान ज्यालाको माग राख्दै गरेको विश्वव्यापी आन्दोलनको कारण मनाउन थालिएको अन्तर्राष्ट्रिय महिला दिवसले समान कामका लागि समान ज्यालाको सन्दर्भसँगै नेपाली समाजमा व्याप्त रुढिवादी सोच, परम्पराको नाममा रहेको विभेदको पनि अन्त्यका लागि ऐक्वद्ध हुन सहयोग पुग्ने आशा व्यक्त गरे ।
उनले परिवर्तनका लागि भएका आन्दोलनले नेपालमा राजनीतिक परिवर्तन चाहिं छिटो भयो तर सामाजिक र सांस्कृतिक परिवर्तनले मूर्त रुप लिन नसकेको भन्दै आजको युगमा पनि जातिय विभेद हुन्छ भने त्यो अपराध नै हो, घरेलु श्रमिकलाई पञ्जिकरण गरेर स्थानीय तहले परिचयपत्र दिन सके अन्यायमा परेका श्रमिक महिलाले कानुनी उपचार खोज्ने बाटो बन्ने बताए ।
एक्टीभ डोमेस्टीक वर्कर कन्सलटेन्सीका संस्थापक प्रसान्त डंगोलले दलित घरेलु महिला श्रमिकले समाजमा दोहोरो मात्र होइन, तेहेरो समस्या झेल्न परिरहेको बताए ।
उनले नेपालमा घर–घरमा काम गर्ने घरेलु श्रमिकको व्यवस्थापनसहित श्रमको सम्मान गर्ने संस्कृति बसाल्ने अभियानमा काम गर्दा दलित भएकै आधारमा घरेलु श्रमिकले दुःख र विभेदखेप्नुपरेको यथार्थ घटनासँग आफु हरेक दिन जस्तै जुध्नुपरेको बताए ।
उनले विदेशमा केयर गिभरको नाममा नेपाली काम गर्न जादा पैसा र सम्मान दुवै पाउँछन्, आफ्नै देशमा काम गर्नेलाई जातका आधारमा विभेद हुदा सबैलाई विदेश नै जा भनेर वाध्य बनाइरहेको अवस्था छ, भने ।
डंगोलले बुढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका घरेलु श्रमिकको पञ्जिकरण डेस्ककै व्यवस्था गरेर पञ्जिकरण भएका घरेलु श्रमिकलाई परिचयपत्रको व्यवस्था गरेर पहिचान दिन थालेको भन्दै अन्य स्थानीय तहले त्यसै गरी श्रम र श्रमिकको सम्मानको परम्परा थालनीगदै समाजिक सुरक्षा कोषसँग जोड्न आग्रह गरे।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया