देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छन् ।
मदन भण्डारी फाउण्डेशनद्वारा आज आयोजित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रममा उनले कविताले समाजको यर्थाथ चित्रण गर्ने बताइन् । कवि श्रेष्ठको ‘श्वेत शार्दूल एक यात्रा कविताको शिविर’ कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कविता वाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरताका लागि आयोजकको ध्यानाकर्षण गराइन् ।
“समाजलाई यर्थाथ कुरा जानकार गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एकैछिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ”, उनले भनिन्, “धेरै आयोजक हुनुहुन्छ, जिल्लादेखि केन्द्र र अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता कार्यक्रम गर्न सबैले आआफ्नो तर्फबाट प्रयासलाई निरन्तरता दिनुपर्छ ।”
कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्न सक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोगी हुने बताइन् । उनले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।















मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
खाडीमा इरानी आक्रमण, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया