नेप्से ५४ अंकले घटेर २६१४ विन्दुमा
मेरोन्यूज
२०८१ चैत ९ गते १६:३९

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (चैत १०) ५४.६२ अंकले घटेको छ । नेप्से परिसूचक २६१४.६८ विन्दुमा बन्द भएको हो ।
यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ । २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ ।
६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकम बढेको छ । बिहीबार चार अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।
सम्बन्धित
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया