दाङमा प्लाई उद्योगमा आगलागी
मेरोन्यूज
२०८१ चैत १० गते ६:४७

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताउनुभयो । उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए । आगलागीको कारण खुल्न सकेको छैन ।

सम्बन्धित










व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया