टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने कम्पनीले जनाएको छ ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ ।
कम्पनीका अनुसार टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघट स्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ ।
यो साझेदारी मार्फत देशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ । साथै, ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ ।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एक एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं ।’















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
प्रतिक्रिया