पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

पथरी। सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ।
वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्धेश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो।
कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्देश्यले पथरी-शनिश्चरे-१० मा रहेको मनकामना सामुदायिक वनबाट र्याली निकालिएको थियो।
विभिन्न प्लेकार्डसहित निस्किएको र्यालीले बजार परिक्रमा गरी शान्ति सामुदायिक वनको पर्यटकियस्थल शान्ति भुल्के सिमसारमा पुगेर कोणसभा गरेको थियो।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेलले अबको मौसममा डढेलो तथा आगलागिका घट्ना बढ्ने हुनाले सजग हुनका साथै त्यस्ता घटना रोक्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।
त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नि पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्तको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा डढेलो नियन्त्रण गर्ने उपायसहितको डेमोसमेत देखाइएको थियो।
उक्त कार्यक्रममा नगर महासंघ अन्तर्गतका डाँस मोरङ्गी सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना सामुदायिक वनलगायत ११ वटा सामुदायिक वनका साथै श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिलगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया