विभिन्न ७ स्थानमा आगलागी, लाखौँ रुपैयाँको क्षति

काठमाडौँ । भक्तपुरसहित देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
मोरङ, धनपालथान गाउँपालिका-२ आमाहिबरियाति टोल बस्ने दिलिप साहको भान्सा घरमा गए राति आगलागी हुँदा करिब २ लाख ९१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सल्यान, कुमाख गाउँपालिका-५ झारकाँडा बाहुनखान बस्ने बिष्णु कुमाईको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा नगद, सुन, अन्नपात, काठ, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ७ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पा, रून्टिगढी गाउँपालिका-६ धारापानी बस्ने लाल बहादुर बिकको घर र गोठमा सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, राजबिराज नगरपालिका-१५ मुसहरनिया बस्ने शत्रुधन मण्डलको गोठ र घरमा सोमबार बेलुकी आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-९ दत्रातय बस्ने सुमनराज गिरी महन्तको घरमा बद्रीनारायण कर्मचार्यले संचालन गरेको पूजा सामाग्री पसलमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया