राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने

काठमाडौं। आज राष्ट्रियसभाकाे बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।
आजको बैठकमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिबेदन’ सभासमक्षा पेश गर्नेछन भने विकास, आर्थिक मामिला तथा सुशाषन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्था आवाश्यक्ता सबन्धी प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।











तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया