नबिल बैंकको कायममुकायम सीईओमा मनोज ज्ञवाली
मेरोन्यूज
२०८१ चैत १२ गते १४:५७

काठमाडौं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको हो ।यसअघि उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीईओ) रहेका थिए ।
नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धकमा नियुक्त भएका थिए ।
उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेको काम गरिसकेका छन् ।
सम्बन्धित















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया