आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।
गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन्। ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए। उनी शतक बनाउन मात्र तीन रनले चुके।
यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ। राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो।
टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो। सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो।
कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो। कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए। यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो।
गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।
राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए।
कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुईदुई विकेट लिएका थिए।










एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया