सोमबार, वैशाख २१, २०८३

रुपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

मेरोन्यूज २०८१ चैत १३ गते २१:२२

काठमाडौं ।नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत् प्रहरी नायब निरीक्षक (सई)पक्राउ परेका छन्।

Advertisement
NiccNicc

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।

सई खड्काले दुर्गौलिया नाका हुँदै भन्सार छलीको सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको थियो।

टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा मायादेवी गाउँपालिका-६ बाट पक्राउ गरेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

खड्कालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको पौडेलले बताए।

प्रतिक्रिया