सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ ।
गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ । ‘हिजोको हिंसात्मक घटनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पूर्वराजाको संलग्नता छ । उनले निर्मल निवासमै बोलाएर दुर्गा सुवेदी र नवराज सुवेदीसहितलाई उकास्ने काम गरेका थिए,’ प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबसँग भने, ‘यो प्रकरणमा सरकार सोचेभन्दा पनि गम्भीर छ । यो घटनामा तपाईंहरूले सोचेभन्दा पनि कडा रुपमा प्रस्तुत भएर सरकारले दोषी जो जति संलग्न छन्, ती सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।’















ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया