राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।
उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गरे ।
उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले काठमाडौंमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने शृङ्खला मात्र भएको बताए । उनले आपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताए ।
पत्रकार महासङ्घले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासङ्घ कोशीका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशीला पाठकलगायत पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका थिए ।















मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
खाडीमा इरानी आक्रमण, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया