राजावादीको आन्दोलन लुटपाटको शृङ्खला : मुख्यमन्त्री कार्की

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।
उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गरे ।
उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले काठमाडौंमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने शृङ्खला मात्र भएको बताए । उनले आपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताए ।
पत्रकार महासङ्घले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासङ्घ कोशीका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशीला पाठकलगायत पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका थिए ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया