गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

बारा। गत मंसिर महीनामा लागेको गढीमाई पञ्चवर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।
गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकीकरण कार्यक्रममा समितिका अध्यक्ष गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादवले नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैया आम्दानी भएको जानकारी गराएका हुन् ।
मंसिर महिनाभरि र माघ महिनाको खिचडीमा लागेको मेलामा जग्गा भाडा, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, राँगा र परेवा व्यवस्थापन, मुण्डन, पार्किङ्ग, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाको आम्दानी भएको सो अवसरमा बताइएको थियो ।
जसमध्ये मन्दिर सजावट र मेला व्यवस्थापनमा ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया खर्च भएको समितिले जनाएको छ । मेलाको आम्दानी मन्दिरको विकासमा खर्च गरिने समितिका अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए ।
त्यस्तै मेलामा भक्तजनहरुले सुन तथा चादीका गहनाहरु पनि चढाएको र सो गहना समितिमा राखिएको पनि जनाइएको छ ।















Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया