गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

बारा। गत मंसिर महीनामा लागेको गढीमाई पञ्चवर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।
गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकीकरण कार्यक्रममा समितिका अध्यक्ष गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादवले नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैया आम्दानी भएको जानकारी गराएका हुन् ।
मंसिर महिनाभरि र माघ महिनाको खिचडीमा लागेको मेलामा जग्गा भाडा, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, राँगा र परेवा व्यवस्थापन, मुण्डन, पार्किङ्ग, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाको आम्दानी भएको सो अवसरमा बताइएको थियो ।
जसमध्ये मन्दिर सजावट र मेला व्यवस्थापनमा ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया खर्च भएको समितिले जनाएको छ । मेलाको आम्दानी मन्दिरको विकासमा खर्च गरिने समितिका अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए ।
त्यस्तै मेलामा भक्तजनहरुले सुन तथा चादीका गहनाहरु पनि चढाएको र सो गहना समितिमा राखिएको पनि जनाइएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया