त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८१ चैत २४ गते १९:५५

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौं आएका निजलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको हो ।”
पक्राउ परेका सन्दीपलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया