संघीय संसद्को समितिद्वारा सुझाव संकलन

भद्रपुर (झापा) । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज आयोजित अन्तरक्रियामा समितिका सदस्य लालप्रसाद साँवा लिम्बू नेतृत्वको टोलीले उद्योग, व्यापार, श्रम, रोजगारी, उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा छलफल गरेको हो ।
छलफलमा चिया व्यवसायी आदित्य पराजुलीले नेपालबाट भारतर्फ चिया निर्यात गर्दा बारम्बार अवरोध उत्पन्न हुने गरेको गुनासो गरे । उनले स्पष्ट, दीर्घकालीन र व्यापारमैत्री नीति नहुँदा व्यवसायमा कठिनाइ भएको बताए । “अर्बौँको कारोबार हुने चिया निर्यातलाई सरल र सहज बनाउन सरकारले दिगो नीति ल्याउनुपर्छ”, उनले भने ।
उपभोक्ता जागरण अभियन्ता शालिग्राम भट्टराईले सुपारी निर्यातमा रोक लगाउनु किसान र व्यवसायी दुवैका लागि लाभदायी नभएको बताए । “सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भन्दै मन्त्रालयले निर्यात रोक्दा हामीले न्यून मूल्यमा सुपारी बिक्री गर्न बाध्य भयौँ”, उनले गुनासो गरे ।
नारी सञ्चार गृहकी पूर्वअध्यक्ष सावित्रा दाहालले झापाका उद्योगहरू भारतीय श्रमिकमा निर्भर हुने अवस्थालाई कम गरी नेपाली श्रमिकलाई रोजगारीको अवसर दिनुपर्ने बताए । उनले नेपाली श्रमिकलाई यहाँका उद्योगमा काम गर्ने वातावरण बनाउन समितिका सदस्यहरूलाई आग्रह गरे । कार्यक्रमका सहभागीले बजार अनुगमन नियमित नहुनु उपभोक्ताका लागि समस्या भएको बताएका थिए । गुणस्तरहीन, म्याद नाघेका तथा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेकाले उपभोक्ताको स्वास्थ्यमा खतरा रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा प्राप्त सुझावप्रति गम्भीर ध्यानाकर्षण भएको समितिका सदस्य लिम्बूले बताए । “हामी नीतिगत तहमा यी समस्या समाधानतर्फ गम्भीर छौँ”, उनले उने । समितिका सदस्य सांसद लिम्बूसँगै, डोलप्रसाद अर्याल, कान्तिका सेजुवाल, रुक्मणी राना बराइली र सीता मिजारको उपस्थिति थियो ।













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया