‘केपी ओली कप’ क्रिकेट : काठमाडौं सेमिफाइनलमा

काठमाडौं । पोखरा रंगशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सीइसी काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको साेमबार भएको खेलमा काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितको समूह ‘ए’ मा रहेको काठमाडौंले समूहका आफ्ना तीनवटै खेलमा जित निकाल्दै समूह विजेता समेत बनेको छ ।
घरेलु टोली पोखराले सुरुआतमा टस जितेर ब्याटिङ गर्दै १७ ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । यस क्रममा काठमाडौंका दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीले तीन–तीन विकेट लिए ।
जितका लागि ५४ रनको झिनो लक्ष्य काठमाडौंले चार ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंका कप्तान रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए ।
यसैगरी समूह ‘ए’ को दोस्रो खेलमा हेटौँडा स्पोर्टस् एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई पाँच विकेटले हराएको छ । जितका लागि आवश्यक १७७ रनको लक्ष्य हेटौँडाले १८ ओभरको चौथो बलमा पाँच विकेट गुमाउँदै भेट्टायो । हेटौँडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा छ चौका र तीन छक्का प्रहार गरे । रामनरेश गिरीले २० रनको अविजित पारी खेले । यसैगरी युविन बुढाथोकीले ३० रन जोडे ।
बलिङतर्फ स्याङ्जाका सुजन गौतमले दुई तथा मिलन लुइँटेल, सन्दीप खत्री क्षेत्री र अस्विनी रानाले एक–एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा सवै विकेट गुमाएर १७६ रन बनायो । बलिङर्फ हेटौँडाका असिम श्रेष्ठले चार ओभरमा २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अकिलेश ठाकुरले दुई तथा अलि मन्सुरी र रामनरेश गिरीले एक–एक विकेट लिए ।
यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।














Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया