‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष ट २० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औं दिन समूह ‘डी’ तर्फ मंगलबार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १४० रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६विकेट गुमाउँदै १४१ रन बनायो ।
ओपनर अभिशेषक पललाई शून्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन रावलले इनिङ उकास्ने प्रयास गर्दा २६ रनमा आउट भए । चौथो विकेटका लागि क्रिजमा पुगेका टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको अविजित पारी खेले । उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । हिकमत महर १३ रनमा अविजित रहे । उनले ८ बलमा ३ चौका प्रहार गरे । निश्चल क्षेत्री ५, अर्जुन विक १६, खगेन्द्र जोशी ८ र वसन्त खत्री १ रनमा आउट भए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले २÷२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९.१ ओभरमा अल आउट हुँदा १४० रन बनायो । होरिजोनको सुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई शून्यमा गुमाएको होरिजोनका लागि चौथो विकेटका लागि आएका कमल विष्टले इनिङ उकास्ने काम गरे । विष्टले ३९ रनको पारी खेल्दै आउट भए । उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नरबहादुर सार्की २७ रनमा आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । निर्मल गुरुङले १३ रन जोडे । ओपनर निश्चल ज्ञवाली र अमर मिश्र शून्यमै पेभिलियन फर्किए । सुमन पाण्डे १, तुलबहादुर थापा ४, आरिफ खान ५, महेश भार १ र सुवम खनाल ३ रनमा आउट भए । अत्तरियाका लागि बसन्त खत्रीले १.१ ओभरमा ४ रन दिदैँ ३ विकेट लिए । भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सुशिल साउदले २ तथा हिकमत महर र अर्जुन विकले समान १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच टेक रावत घोषित भए ।
मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १२९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर आतिश दासलाई ९ रनमा गुमाएको मालपोखरीका लागि तेस्रो विकेटका लागि क्रिजमा आएका विजय गुप्ताले ५९ रनको उत्कृष्ट पारी खेल्दै रन आउट भए । उनले ४६बलमा ८ चौका र २ छक्का प्रहार गरे । डब्लुमलिक १० रनमा आउट भए । सोहन कुमार यादव १३, रनभिर यादव १४ र जितेश मन्डल शुन्यमा आउट भए भने चन्दन यादव र आशिष सिग्देल समान ४ रनमा नटआउट रहे । सुन्दर हरैचाका लागि समिर कार्कीले २ तथा सन्दिप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा १२८ रन बनाउँदै अलआउट हुन पुग्यो । समिर कार्कीले ३१ रन बनाए उनले १९ बलमा २ चौका ३ छक्का प्रहार गरे । मिर्नल गुरुङ १९, मनिष थापा १०, रुपक बराल १७, गौरव कटवाल १४ सन्दिप ढुंगाना १४ रनमा आउट भए । ओपनर रितेश राय १, रोहन शाह ५, ओमकार यादव १, समिर तिम्सिना २ रनमा आउट भए । मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले २–२ तथा सनिदप खड्का, पंकज यादव र सोहन कुमार यादवले समान १–१ विकेट लिए । मालपोखरीका विजय गुप्ता प्लेयर अफ दी म्याच घोषित भए ।
२ खेलमा २ जित हासिल गरेको अत्तरिया ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा १ जित १ हार सहित २ अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा रहेको छ । सुन्दर हरैचा २ खेलमा २ हारसहित तालिकाको पुछारमा रहेको छ । प्रतियोगिताअन्तरगत समूह चरणको अन्तिम खेलमा भोलि समूह डी कै खेल हुनेछन् । पहिलो खेलमा होरिजोनले सुन्द हरैचाको सामना गनेछ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोली अन्तिम चारमा पुग्नेछ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया