आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ

काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ ।
सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए ।
‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।
उनले अगाडी भनेको छन, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन, दोस्रो, देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नु होला ।’
उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।’
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति–बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।’
सरकारले प्रदर्शन फिर्ता लिन अनुराेध गरे पनि महासंघ भने पछि नहटने देखिएकाे छ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया