तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो ।
केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार ३१९ र सर्सियु एक हजार ७१५ मेट्रिक टन रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यहाँ दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गर्दा दुई हजार ९७१ मेट्रिक टन र २०७९/८० मा दुई हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरिँदा दुई हजार ९२० मेट्रिक टन उत्पादन भएको थियो ।
आव २०८०/८१ भन्दा यस वर्ष तोरी खेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए । “विगत तीन वर्षको तथ्यांकलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढिरहेको छ । जिल्लामा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ”, उनले भने ।
ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्ले अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गर्नु राम्रो हुने बुझाईले किसानहरू तोरी खेतीमा आकर्षित हुँदै गएका बताउँछन् । यहाँको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।















इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
सिरहामा पोखरीमा महिलाको शव फेला
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
प्रतिक्रिया