प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा खतिवडा

काठमाडौं। नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा सर्वसम्मत निर्वाचित भएका छन ।
काठमाडौंमा बुधवार सम्पन्न ११ औं राष्ट्रिय सम्मेलनबाट खतिवडा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन ।
सम्मेलनले वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरेलाई चयन गरेको छ ।
यस्तै महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याललाई चयन गरेको सम्मेलनले सचिवमा सात प्रदेशबाट एकएक जनाको दरले सचिव चयन गरेको छ ।
जसअनुसार कोशीबाट होमबहादुर बस्नेत, मधेशबाट किशोर साह, बागमतीबाट छबि बराल, गण्डकीबाट श्रीकान्त खतिवडा, लुम्बिनीबाट भुवनेश्वर लामिछाने, कर्णालीबाट विष्णुकुमार खड्का र सुदुरपश्चिमबाट कृष्णसिंह साउद रहेका छन ।
यस्तै कोषाध्यक्षमा कृष्ण ओझा, सहकोषाध्यक्षमा चन्द्र बदना राई, लेखा आयोग अध्यक्षमा बिदुर नेपाल र सचिवमा केपी अर्याललाई चयन गरेको छ । यसैगरी अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाई र सचिवमा मिनप्रसाद अधिकारीलाई चयन गरेको छ ।
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया