सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताएका छन् । आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उनले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताए ।
उनले भने, “सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।” यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिए ।
उनले भने, “मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ । शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।”














Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया