३ मोटरसाइकलसहित भन्सार छलीको समान बरामद
मेरोन्यूज
२०८२ वैशाख १३ गते १४:२६

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाइकल र ४ साइकलसहित लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
सीमावर्ती भारतीय बजारबाट खरिद गरी भित्र्याइँदै गरेको तीन लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद ले न्युज कारखाना लाई बताएका छन्।
बरामद सामान सहित सवारी साधन आवश्यक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियानले जिल्लामा अवैध सामानको संस्थागत तस्करी भएको देखिन्छ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया