मंगलबार, वैशाख २२, २०८३

शैय्या लुकाउने अस्पताललाई कारबाही गरिन्छ : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ वैशाख २० गते १५:५७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)ले देशलाई ठूलो पीडा दिएको भन्दै देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले कोरोनाका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि दिँदै सबैलाई सचेत हुन आग्रह गरे ।

Advertisement
NiccNicc

‘नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हो, यसका लागि सरकारले कोरोनाविरुद्धको भ्याक्सिन ल्याई लगाउने व्यवस्था गरिएको छ,’ उनले भने, कोही संक्रमित देखिएमा सरकारले उपचार गरी मात्रै घर पठाउने काम गरिएको छ, वीर अस्पतालको नयाँ भवनसहित केही अस्पताललाई कोभिड अस्पतालको रुपमा विस्तार गर्न लगाइएको छ ।’

प्रधानमन्त्री ओलीले शैय्या लुकाउने सबै अस्पताललाई कारबाही गर्ने बताउँदै देशका तीन प्रदेशलाई कोभिडविरुद्ध लाग्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया