भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु
मेरोन्यूज
२०८२ वैशाख १५ गते १८:३२

भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतवार भएको एक दुर्घटनामा १२ जनाको ज्यान गएको छ । उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले पुष्टि गरेको छ ।
स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । इनारमा खसेका यात्रुहरूलाई बचाउन प्रयास गर्ने एक व्यक्तिको पनि ज्यान गएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरे।
सम्बन्धित
















वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया