शनिबार, वैशाख २६, २०८३

दिगो लगानीको लागि एनएमबि बैंकको पहल : आइएफसी र मेटलाइफसँग साझेदारी

मेरोन्यूज २०८२ वैशाख १६ गते १३:४६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) र मेटलाइफ (MetLife)सँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

Advertisement
NiccNicc

यस साझेदारीमार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ।

वण्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण, बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गरिनेछ। यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले  नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया