पाकिस्तानका एफएममा भारतीय गीत बजाउन प्रतिबन्ध

इस्लामबाद। पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको छ । उनको सामाजिक सञ्जाल अकाउन्ट पनि ब्लक गरिएको छ । यससँगै भारतमा १६ पाकिस्तानी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाइएको छ ।
यो कदमबाट आक्रोशित बनेर अब पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले बिहीबार मे १ बाट आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरू प्रसारण बन्द गर्ने घोषणा गरेको छ ।
यो जानकारी पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूदले दिए। उनले भने, ‘पीबीएले तत्काल प्रभावबाट देशभरका पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारण बन्द गरेको छ ।’
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’
उनले पाकिस्तानका एफएम स्टेसनमा भारतीय गीत प्रतिबन्ध लगाउनु भनेको यस्तो कठिन समयमा राष्ट्रिय एकता सुदृढ गर्न र पाकिस्तानको मूल्य मान्यता जोगाउन हामी सबै एकजुट भएर उभिने सङ्केत भएको बताए ।











गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया