शनिबार, वैशाख २०, २०८२

पाकिस्तानमा कार दुर्घटनामा ८ जनाको मृत्यु

मेरोन्यूज २०८२ वैशाख १९ गते १८:३४

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल्लामा बिहीबार साँझ दुर्घटना भएको सरकारी उद्धार ११२२ का एक अधिकारीले बताए ।

“गाडीले नियन्त्रण गुमाएर खोँचमा खस्यो, चार बालबालिकासहित सबै आठ जनाको मृत्यु भयो”, उनले भने । उनका अनुसार दुर्घटनाको सही कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

उद्धारकर्मी र राजमार्ग गस्ती प्रहरी घटनास्थलमा पुगेको र शवलाई नजिकैको अस्पतालमा लगियो अधिकारीले बताएका छन् ।

पाकिस्तानको पहाडी उत्तरी क्षेत्रहरूमा त्यस्ता दुर्घटनाहरूमा खराब सडक अवस्था र गति सामान्य कारकहरू हुन् ।

प्रतिक्रिया