दक्षिण अफ्रिकामा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस ट्याक्सी र पिकअप ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।
प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप शहर माकोमा नजिकै स्थानीय समय अनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा दुवै गाडीका चालक रहेको र के भएको हो भन्नेबारे अनुसन्धान गरिने बिनकोसेले बताउनुभयो । दुर्घटनामा कोन्से शहरबाट केपटाउनतर्फ जाँदै गरेको मिनीबसमा सवार १३ जना यात्रुको मृत्यु भएको थियो ।
दक्षिण अफ्रिकामा परिष्कृत र व्यस्त सडक सञ्जाल छ । तीव्र गति, लापरबाहीपूर्वक सवारी साधन चलाउनु र पूराना सवारी साधनका कारण हुने दुर्घटनाले सडक दुर्घटनामा परी हुने मृत्यु पनि उच्च दरमा हुने गरेको छ ।
सडक यातायात व्यवस्थापन निगमको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ मा सडक दुर्घटनामा परी ११ हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो भने दुर्घटनामा पीडित भएका ४५ प्रतिशतभन्दा बढी पैदलयात्री रहेका थिए ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया