सोमबार, जेठ २६, २०८२

३ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?

मेरोन्यूज २०८२ वैशाख २१ गते १७:२८

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ ।

आज नेप्से परिसूचक ३ दशलमव ४४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको हाे ।

आइतबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको कारोबार भएको हाे । यस्तै ङादी ग्रुप पावरको ५५ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५१ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Advertisement
machhapuchare

प्रतिक्रिया