प्रहरीका ७ डीआईजीकाे सरूवा
मेरोन्यूज
२०८२ वैशाख २१ गते २१:३३

काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ ।
आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
जसमा प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ । त्यस्तै, उमा प्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।
त्यस्तै, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिममा डम्बर बहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाउनका लागि अहिले सरुवा नगरिएको प्रहरीस्रोतले जनायो ।


सम्बन्धित
















स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया