प्रहरीका ७ डीआईजीकाे सरूवा
मेरोन्यूज
२०८२ वैशाख २१ गते २१:३३

काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ ।
आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
जसमा प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ । त्यस्तै, उमा प्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।
त्यस्तै, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिममा डम्बर बहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाउनका लागि अहिले सरुवा नगरिएको प्रहरीस्रोतले जनायो ।


सम्बन्धित









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया