अविरल वर्षाका कारण गुजरातमा १४ जनाको मृत्यु
मेरोन्यूज
२०८२ वैशाख २३ गते २१:१२

भारतको पश्चिमी राज्य गुजरातमा सोमबार रातिदेखि परेको असमयिक चट्याङ, मेघगर्जन, वर्षा र तीव्र हावाहुरीका कारण १४ जनाको दुःखद निधन भएको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राज्यका १६८ स्थानमा पछिल्लो २४ घण्टामा वर्षा र हावाहुरीको प्रभाव परेको छ ।
अधिकारीहरूका अनुसार रुख ढल्दा, घर भत्किँदा र करेन्ट लाग्दा तथा चट्याङ पर्दा यी घटनाहरू भएका हुन्। स्थानीयवासीहरूका अनुसार तीव्र हावाले आँपका बगैँचाहरू र बागबानी खेतीमा समेत ठूलो क्षति पु¥याएको छ ।
भारत मौसम विज्ञान विभागले आगामी केही दिनसम्म पनि राज्यका विभिन्न स्थानहरूमा ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने, चट्याङसहित मेघगर्जन र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सम्बन्धित










अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया