साइमेक्स इंकद्वारा देशभर बिवाइडी एक्सचेन्ज क्याम्पेनको घोषणा, पायक पर्ने स्थानमै गाडि किन्न्न सकिने

काठमाडौँ । बिवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले देशव्यापी रूप बिवाइडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ ।
आगामी मे ७ देखि १० अर्थात बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बिवाइडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।
मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बिवाइडी एट्टो ३, बिवाइडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट-इन-इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।
यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।
थप सुविधाको रूपमा, सो चार दिने मेगा एक्सचेन्जमा बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ ।तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।
सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बिवाइडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ:
चितवन – बिवाइडी पार्क, चितवन
बुटवल – भेल्भेट लक्स होटल
भैरहवा – बोधी रेडसन
नेपालगन्ज – बिवाइडी नेपालगन्ज शोरुम
दाङ – माला इन
धनगढी – होटल रुबस
विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
दमक – बिवाइडी शोरुम, दमक
इटहरी – बिवाइडी शोरुम, इटहरी
विराटनगर – बिवाइडी शोरुम, विराटनगर
जनकपुर – बिवाइडी शोरुम, जनकपुर
लहान – बिवाइडी शोरुम, लहान
वीरगन्ज – बिवाइडी शोरुम, वीरगन्ज
पोखरा – रोयल महल बैंक्वेट
ललितपुर – सत्कार फाइन डाइन
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
नक्साल – आम्रपाली बैंक्वेट
‘नयाँ अर्थिक वर्ष आउन लागेको र इभिको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ,’, साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले भने।













समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया