म्यानमारबाट उद्धार गरी १२ नेपालीलाई स्वदेश फर्काइयो
कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध
मेरोन्यूज
२०८२ वैशाख २४ गते १७:११

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ १२ नेपालीलाई स्वदेश फर्काइएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।
उद्धार गरी नेपाल फर्काइएकामा एक महिला र ११ पुरुष छन् । मानव तस्करहरूले उनीहरूलाई म्यानमारको मेवाडी पुर्याइ अनलाइन स्क्यामिङ कार्यमा लगाएका थिए ।
बैंककस्थित नेपाली दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।
दूतावासले कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध गरेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया