८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश

एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकहरूले बताएका छन् ।
‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
पश्चिमी सहर ओसाकामा आयोजित एक्स्पो २०२५ का आयोजकहरूले एक वक्तव्यमा उनीहरूले सन् १९४० को कार्यक्रमको टिकटधारीहरूलाई प्रवेश दिने निर्णय गरेको बताएका छन् ।
उनीहरूले सोमबार पुरानो टिकटको सट्टामा एक्स्पो २०२५ का दुई दिने पास उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सञ्चार माध्यमले सन् १९४० को टिकटवाला २५ वर्षीय फुमिया ताकेनावा रहेको जनाएको छ । उनी टोकियोमा बस्नुहुन्छ तर ओसाकामा आफ्ना अभिभावकको घरमा घुम्न आएका थिए ।
ताकेनावा एक्स्पो–सम्बन्धित स्मारिकाका सङ्ग्रहकर्ता हुनुहुन्छ र मार्चमा उनले अनलाइनमार्फत सन् १९४० को टिकट खरिद गरेको माइनिची शिम्बुन दैनिक र अन्य स्रोतहरूले उल्लेख गरेका छन् ।
उनीहरूले ताकेनावाको तस्बिर प्रकाशित गरेका छन् जसमा उहाँ मुस्कुराउँदै र विस्तृत रातो र कालो डिजाइन भएको पुरानो टिकट देखाउँदै छन् ।
पेरिसमा आइफेल टावर ल्याउने एक्स्पो वर्ल्ड्स फेयर सन् १८५१ मा लन्डनको क्रिस्टल प्यालेस प्रदर्शनीसँग सुरु भएको थियो र अब प्रत्येक पाँच वर्षमा विभिन्न स्थानमा आयोजना गरिन्छ ।
जापानमा अघिल्लो एक्स्पोहरू – सन् १९७० मा ओसाकामा र सन् २००५ मा आइची क्षेत्रमा – ले सन् १९४० को घटनाका पासधारकलाई ‘आमन्त्रण टिकट’ दिने समान नीतिहरू राखेको एक्स्पो २०२५ का आयोजकहरूले बताएका छन् ।
ताकेनावा भनिएका व्यक्ति विशाल सेतो र रातो ‘टावर अफ द सन’ का प्रशंसक रहेको बताइएको छ । ‘टावर अफ द सन’ सन् १९७० को ओसाका एक्स्पोको प्रतीक हो र अझै पनि महानगरको एक पार्कमा उभिएको छ ।
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया